उपत्यकाको बीच भाग भएर बग्ने बागमती नदी वरपर करिडोर यतिबेला सुन्दर देखिएको छ। यसले सहरको सुन्दरता बढाएको छ।
काठमाडौं र ललितपुरको सिमाना भएर बग्ने यो नदी उपत्यकाको एउटा गहना बनेको छ।
बागमती नदी वरपर ढल र फोहोर मिसिँदा यस वरपर घुम्न हिँड्न निकै सकस हुने गर्थ्यो तर हिजोआज यहाँ करिडोर र पार्कहरू बनेपछि नदी र आसपासको क्षेत्रमा मानिसहरूको चहलपहल बढ्नुका साथै सहरको सौन्दर्य बढेको छ।
बागमती नदी आसपास बनेको पार्कमा हिजोआज मानिसहरू सुस्ताउने गरेका छन् भने बिहान बेलुकी शारीरिक व्यायाम गर्नेहरू समेत देखिन्छ।
सहरबीच देखिएको बागमती नदी वरपरको सुन्दर दृश्यहरू हेरौं: