चक्रपथ (रिङ रोड) सडक निर्माणअन्तर्गत कलंकी-बसुन्धरा क्षेत्रका सडक निर्माणमा ढिलाइ भएको छ।
सडक विस्तार सुरू गरे पनि समयबद्ध काम हुन नसक्दा पानी पर्दा हिलो र घाम लागेका बेला धुलोले सास्ती खेप्नुपरेको स्थानीय गुनासो गर्छन्।
साथै सडकमा स-साना खाल्डाखुल्डी पनि छन्।
यो सडक निर्माण गर्न नेपाल र चीन सरकारबीच सन् २०१८ मा सम्झौता भएको थियो। त्यसअनुसार पहिलो खण्ड कलंकीदेखि कोटेश्वर सडक निर्माण भइसकेको छ।
तर कलंकी बसुन्धरा र बसुन्धरादेखि चाबहिल सडक निर्माणले गति लिन सकेको छैन।
२७ किलोमिटर चक्रपथ आठ लेनको बनाउने गरी विस्तार सुरू गरिए पनि समयबद्ध काम हुन सकेको छैन।
तस्बिरहरू: