ललितपुरको जावलाखेलदेखि भित्रपट्टि जाँदै गर्दा एउटा भित्ता छ। भित्ताको अगाडि तारको बार लगाइएको छ। बार लगाइएको तारमा झुन्डिएका छन्।
एउटा पिपलको बोट र चौतारासँगै भित्ताभरी ताला चाबी झुण्ड्याइएको देखिन्छ। ताला झुन्ड्याएको भागको माथि लेखिएको छ-हाम्रो प्रेम अमर रहोस्।
त्यहाँ जाने जोडीहरू आफ्नो प्रेम सफलताको कामना गर्दै ताला लगाउँछन् र तालामा प्रेमी-प्रमिकाको नाम लेख्छन्।
केहीले पूरा नाम लेख्छन् भने केहीले नामको पहिलो अक्षर लेख्छन् र आफूहरूको सम्बन्ध तालाजत्तिकै मजबुत होस् भन्ने कामनासहित तार जालीमा लगाउँछन्।
हेर्नुस् केही तस्बिरहरूः