बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल भाषामा पनि सरकारी कामकाज हुने भएको छ।
अहिलेसम्म नेपाली भाषामा मात्रै सरकारी कामकाज हुँदै आएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले काठमाडौंको बसन्तपुरमा सोमबार भएको कार्यक्रममा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा शुभारम्भ गरेका हुन्।
बागमतीको गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार सोमबार प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा बनाउने मन्त्रिपरिषदको वैशाख १२ को निर्णय राजपत्रमा वैशाख २० गते प्रकाशित भइसकेको छ।
बागमतीमा तामाङ र नेपाल भाषा बोल्ने समुदाय छन्।
नेपाल तामाङ बोम्बो संरक्षण समाज, नेवा देय दबू यललगायत र्यालीसहित बसन्तपुरमा कार्यक्रम गरेका छन्।
तस्बिरहरू: