बागमतीले पानी कम ढल बढी बोक्छ।
प्रदुषित नदीमा नदीजन्य जीवको अस्तित्व भेट्न मुस्किल नै होला।
तर त्यही ढलमिश्रित पानीमा आहारा खोजीरहेका भेटिन्छन् केही जीवनहरू।
थापाथली नजिकको बागमती नदीमा एक हुल बकुल्ला आहारा खोजिरहेका देखिन्छन्।
काठमाडौंमा खेत घटेर घरहरु बढेपछि उनीहरू पनि आहाराको खोजीमा खोलानदी झरेका हुनसक्छन्।
लामालामा खुट्टा र लामो टाउको भएको यी चराहरु हिलो र पानीमा पाइने जीवहरुलाई आफ्नो आहारा बनाउँछन्।
तर, किराफट्यांग्रा र माछाको खोजीमा गएका ठुँड मानिसहरूले फालेको फोहोर बोकेर निस्कन्थ्यो।
हेरौं केही तस्बिरहरूः