नुवाकोटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका व्यक्ति दुई वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयले ककनी गाउँपालिका वडा नम्बर २का ५८ वर्षीय भरत सुनारलाई पक्राउ गरेको डिएसपी तिलक भारतीले जानकारी दिए।
कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतले २०७८ पुस २६ गते १९ वर्ष ९ महिना २ दिन कैद सजायको फैसला गरेको थियो।
त्यसयता फरार रहेका उनी ककनी-२ खानीखोलामा लुकेर बसेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनाको आधारमा खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो।
उनको कैद सजाय भुक्तान गराउन शुक्रबार जिल्ला अदालत नुवाकोटमा पेश गराएको डिएसपी भारतीले बताए।
उनी कारागार चलान भइसकेका छन्।