आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ।
‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विश्वभर श्रमिक दिवस मनाइँदै छ।
दिवसलाई विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा लिइन्छ।
मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ।
नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ।
विश्वभर मजदुरहरूको हक हितका निम्ति भनेर मजदुर दिवस मनाउँदै गर्दा वास्तविक श्रमिकहरू भने यसबाट बेखबर छन्।
बुधबार ललितपुर धापाखेलस्थित एक इँटा बनाउने कारखानामा श्रमिकहरू आफ्नो कर्ममा तल्लीन थिए। उनीहरूलाई मजदुर दिवस मनाउने फुर्सदसमेत मिलेको थिएन। न बिदा नै पाएका थिए।
दिनभरको मजदुरीबाट बिहान र साँझकाे छाक टार्ने श्रमिकहरू कडा मिहिनेत गरिरहेका थिए।
केही तस्बिरहरू: