रोल्पामा एउटा अटो र दुइटा मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन्।
सुनछहारी गाउँपालिका-६ का ३८ वर्षीय राजबहादुर पुन, उनका १६ वर्षीय छोरा कृष्णबहादुर पुन, २९ वर्षीय राजेन्द्र पुन मगर र सुनिलस्मृति गाउँपालिका-७ का २६ वर्षीय रूमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता रामनारायण गुप्ताले जानकारी दिए।
गुप्ताका अनुसार बिहीबार दिउँसो सुनिलस्मृति गाउँपालिका-२ स्थित भालुवाङ लिवाङ सडक खण्डमा सुलिचौरबाट खुङ्ग्री आउँदै गरेको रा १ ह २७६३ अटो र विपरीत दिशाबाट आउँदै गरेको लु ३९ प ५१२२ मोटरसाइकल ठोक्किएका थिए। सोही दिशाबाट आउँदै गरेको रा ७ प ३५०१ मोटरसाइकल पनि ठोक्किएको थियो।
दुर्घटनामा घाइते भएकाहरूको प्रादेशिक स्वास्थ्य केन्द्र, सुलिचौर, रोल्पामा उपचार भइरहेको गुप्ताले बताए।