ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा 'हेरिटेज वाक' गरिएको छ।
बिहीबार विश्व सम्पदा दिवसको अवसरमा 'हेरिटेज वाक' गरिएको हो। ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, कर्मचारी, सुरक्षा अधिकारी लगायतले यात्रा गरेका हुन्।
पाटन ढोकाबाट सुरू भएको उक्त यात्रा दरबार स्क्वायर क्षेत्रमा पुगेर टुंगिएको थियो। यसरी परिक्रमा गर्दा उनीहरूले १३३६ मिटरको डोरी बोकेका थिए।
उक्त डोरी कलाकार मनिषलाल श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कलालाई पाटन दरबार क्षेत्रमा प्रस्तुत गरेका हुन्।
काठमाडौं समुन्द्री सतहभन्दा १३३६ मिटरको उचाइमा रहेको हुँदा कलाकारले डोरीलाई त्यसअनुसार बनाएका हुन्।
तस्बिरहरू: