हिजोआज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई विद्यालयका पाठ्यपुस्तक छपाइ र वितरण गर्न भ्याइनभ्याइ छ।
नयाँ शैक्षिक सुरू हुनै लागेकोले देशभरका सामुदायिक विद्यालयमा यहाँ छपाइ गरिएका पाठ्यपुस्तक पठाइन्छ।
केन्द्रले चैत मसान्तभित्र ७७ जिल्लामै पाठ्यपुस्तक पुर्याइसकिने जनाएको छ।
आइतबारसम्म केन्द्रले ७३ जिल्लामा ९५ लाख थान पुस्तक पुर्याएको लिमिटेडका प्रबन्धक अनिलकुमार झाले जानकारी दिए।
यो पनि: पढाइ सुरू नहुँदै कसरी पुर्याइयो गाउँ-गाउँमा पाठ्यपुस्तक
समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन गत जेठ महिनादेखि नै छपाइ सुरू गरिएको थियो। केन्द्रका कर्मचारीले तीन सिफ्टमा चौविसै घन्टा काम गरेका थिए।
देशभरका सामुदायिक विद्यालयका लागि डेढ करोड थान पाठ्यपुस्तक छाप्नुपर्छ। सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई नि:शुल्क रूपमा पाठ्यपुस्तक उपलब्ध गराउने गर्छ।
तस्बिरहरू: