काठमाडौंका सडक, पार्क यतिबेला थरीथरीका फूलले सुन्दर देखिएका छन्।
बसन्त ऋतुको आगमनसँगै काठमाडौैंका सहरका सडक किनारा र पार्क छेउछाउका बोटबिरूवामा नयाँ पालुवासँगै फूल फुल्न थालेपछि सहरको सुन्दरता थप बढेको छ।
न त धेरै गर्मी न त धेरै जाडो हुने यो समयलाई प्रकृतिले काँचुली फेरेको ऋतुको रूपमा लिइन्छ।
राजधानीको तीनकुने, सिनामंगल, भृकुटीमण्डप, लाजिम्पाट लगायतका ठाउँमा यतिबेला आरू, चेरीलगायतका वनस्पतिका फूल फुलेका छन्।
केही तस्वीरहरू :