भक्तपुरमा सुन चोरी गरेको आरोपमा दुईजना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा ओखलढुंगा घर भई काठमाडौंको टेकु बस्ने १९ वर्षीय राजेश भुजेल र काभ्रेको बनेपा नगरपालिका-६ घर भएका १८ वर्षीय समीर श्रेष्ठ छन्।
शुक्रबार उनीहरूले भक्तपुर नगरपालिका-३ स्थित भुवन खत्रीको घरमा दराज फुटाएर सुनका गरगहना चोरी गरेका थिए।
चोरीको सूचना पाएलगत्तै प्रहरीले भक्तपुरको व्यासीबाट उनीहरूलाई पक्राउ गरेको भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए।
उनीहरुको साथबाट सुनका गहनाहरू तीन थान चुरा, १ थान चन्द्रमा, १ थान औंठी, १ थान नेक्लेस, १ थान मुन्द्रा, १ थान तिलहरी, १ थान पुतली, एक थान रानीहार, एक थान चाँदीको पाउजु र नगद १ हजार २६६ रूपैयाँ बरामद गरिएको डिएसपी पाठकले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी अनुसन्धान अगाडि बढाएको छ।