सामान्यतयाः गर्भधारण भइसकेपछि मात्रै अस्पताल आउने हाम्रो पुरानै चलन छ। गर्भधारणभन्दा पहिला स्वास्थ्य परीक्षण गराएर जोखिम छ कि छैन भन्ने कमै मात्रामा गरिन्छ। तर विस्तारै यसबारे चेतना बढ्दैछ।
गर्भधारण गर्नुभन्दा पहिला महिला पुरूष दुवै स्वस्थ हुनुपर्छ। दुवै जना स्वस्थ भए मात्रै स्वस्थ बच्चा जन्मने हो। जस्तै, पहिला कुनै रोगहरू छ भने त्यसलाई कम गराएर मात्रै गर्भधारणको योजना बनाउनुपर्छ।
धेरै महिलाले ३० वर्षपछि योजना बनाएका हुन्छन्। त्यो बेलासम्म कतिपयलाई थाइराइड, हाइपरटेन्सन सुरू भएको हुन्छ। त्यस्तो हुँदैमा योजना बनाउन हुँदैन भन्ने होइन। त्यसलाई कम गराएर गर्न सकिन्छ।
३० वर्ष कटेपछि प्रजनन क्षमता घट्दै जान्छ। यसो भन्दैमा आत्तिनुपर्दैन। तर पहिला स्वास्थ्य परीक्षण गरेर योजना बनाउँदा राम्रो हुन्छ।
बच्चा जन्माउने योजना बनाउनुभन्दा पहिला स्वास्थ्य परीक्षण गराएमा के कस्ता जोखिम छन् भनेर थाहा पाउने भएकाले त्यसलाई कम गर्न सकिन्छ भन्ने हो। नेपालको सन्दर्भमा गर्भधारण कुनै योजना अन्तर्गत हुँदैन। धेरै गर्भधारण आकस्मिक नै हुन्छ।
बिहेको लागि, परीक्षाको लागि योजना बनाएजस्तै गर्भधारणको लागि योजना बनाइँदैन। बच्चा राख्नुभन्दा तीन महिना पहिला चिकित्सककहाँ जानुपर्छ। त्यस्तो भएमा चिकित्सकले शारीरिक अवस्था र तौल अनुसारको औषधि दिनसक्छ। त्यसले बच्चा रहनको लागि सहयोग गर्छ।
गर्भधारण गर्नुभन्दा पहिलाको स्वास्थ्य परीक्षण र तयारीबारे हामीले अल्का अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. रोशनी उलकसँग भिडिओ कुराकानी गरेका छौं।
हेर्नुहोस्: