बाँसबारीको सरकारी जग्गा हडपेर चौधरी ग्रुपको नाममा लगेको आरोपमा पक्राउ परेका अरूण चौधरी र अजितनारायण सिंह थापालाई म्याद थप्न लगिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले हिरासतमा राख्न अनुमति लिन सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेको हो।
त्यहाँबाट उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ।
बिहीबार सिआइबीले सरकारी जग्गा हडपेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो। चौधरी र थापालाई प्रहरीले पक्राउ गरी म्याद थप्न लगिएको हो।
यस्तै अर्का एक जना बाँसबारी छाला जुत्ता कारखानाका सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्जय ठाकुर पनि सिआइबीको नियन्त्रणमा छन्। उनीसँग सिआइबीले सोधपुछ गरिरहेको छ।
पक्राउ परेकाहरूमाथि सिआइबीले ठगी तथा किर्ते कसुरमा अनुसन्धान अघि बढाएको हो।
वि.सं २०४२ सालदेखि बाँसबारीको सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू भएको स्रोत बताउँछ। त्यसरी पटकपटक गरी १० रोपनी जग्गा किर्ते गरी आफूहरूको नाममा सारेको खुलेको हो।
तस्बिरहरू:
![chaudhary-(2)-1706783473.jpg](https://www.setopati.com/uploads/posts/chaudhary-(2)-1706783473.jpg)
![chaudhary-(5)-1706783475.jpg](https://www.setopati.com/uploads/posts/chaudhary-(5)-1706783475.jpg)
![chaudhary-(6)-1706783476.jpg](https://www.setopati.com/uploads/posts/chaudhary-(6)-1706783476.jpg)
![chaudhary-(7)-1706783477.jpg](https://www.setopati.com/uploads/posts/chaudhary-(7)-1706783477.jpg)
![chaudhary-(3)-1706783474.jpg](https://www.setopati.com/uploads/posts/chaudhary-(3)-1706783474.jpg)
![chaudhary-(4)-1706783474.jpg](https://www.setopati.com/uploads/posts/chaudhary-(4)-1706783474.jpg)
![chaudhary-(1)-1706783473.jpg](https://www.setopati.com/uploads/posts/chaudhary-(1)-1706783473.jpg)
![thapa-(5)-1706784738.jpg](https://www.setopati.com/uploads/posts/thapa-(5)-1706784738.jpg)
![thapa-(3)-1706784737.jpg](https://www.setopati.com/uploads/posts/thapa-(3)-1706784737.jpg)
![thapa-(4)-1706784737.jpg](https://www.setopati.com/uploads/posts/thapa-(4)-1706784737.jpg)
![thapa-(2)-1706784736.jpg](https://www.setopati.com/uploads/posts/thapa-(2)-1706784736.jpg)
![thapa-(1)-1706784736.jpg](https://www.setopati.com/uploads/posts/thapa-(1)-1706784736.jpg)