काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या ११ पुगेको छ।
सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा पुगेका ११ जना च्यापिएर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
उनका अनुसार घाइतेहरूलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ। घाइतेहरूमध्ये एक जना प्रहरी जवान समेत छन्।
अत्यधिक भीड हुँदा अनियन्त्रित भएर केही व्यक्तिहरू च्यापिन पुगेका थिए। त्यही क्रममा मानिसहरू घाइते भएका हुन्।