काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटनामा परी गम्भीर घाइते भएकी बालिकाको पनि मृत्यु भएको छ।
आज दिउँसो १:५५ बजे प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएकी ६ वर्षीया बालिका स्मारिका गौतमको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ। कारमा ६ जना सवार थिए। स्मारिकाकी आमा सृष्टी तिवारी भने सकुशल छिन्। उनीहरू काठमाडौंको लाजिम्पाट बस्थे।
कारमा सवार काठमाडौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको थियो।
उनीहरूको शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको एसी कुमोध ढुंगेलले जानकारी दिए।