धादिङको बैरेनीस्थित एक कम्प्युटर गोदाममा आगलागी भएको छ।
सिद्धलेक-१ बैरेनीमा तिलक सिंखडाले राखेको कम्प्युटर गोदाममा गएराति साढे १ बजे आगलागी भएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।
सिंखडा धादिङ उद्योग वाणिज्य संघका महासचिव समेत हुन् । उनले धादिङबेशीमा प्रतिक कम्प्युटर पसल सञ्चालन गर्दै आएका छन्।
गएराति विद्युत् सर्ट भएर आगलागी भएको एसपी मिश्रले जानकारी दिए। नीलकण्ठ नगरपालिकाको दमकल, स्थानीय र प्रहरी परिचालन पछि बिहान २:१५ बजे आगो नियन्त्रणमा लिइएको उनले बताए।
आगो निभाएपनि कम्प्युटर, प्रिन्टर लगायतका इलेक्ट्रोनिक सामानहरू सबै जलेको एसपी मिश्रले जानकारी दिए।
क्षतिको विवरण संकलन भइरहेको उनले बताए।