काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औं दीक्षान्त समारोह गरेको छ।
त्रिविले स्नातक, स्नातकोत्तर, विद्यावारिधी तह पास गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो। दीक्षित हुन आएका विद्यार्थीहरू खुसी देखिन्थे।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सहभागी रहेका थिए। राष्ट्रपति र प्रधानमन्त्रीले उत्कृष्ट विद्यार्थीलाई सम्मानपत्र दिएका थिए।
७३ हजार सात सय ४९ जना विद्यार्थी दीक्षित हुन योग्य थिए। तर यसपालि १२ हजार चार सय १५ जनाले दीक्षित हुन फारम भरेको त्रिवि जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीले बताए।
त्रिविले एकै ठाउँमा धेरै विद्यार्थी भेला गराएर दीक्षित गरेकोमा अफिसियल वर्ल्ड रेकर्ड पनि राखेको छ।
तस्बिरहरू: