ललितपुरबाट प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
आइतबार प्रहरीले महालक्ष्मी नगरपालिका वडा नम्बर ८ लुभुबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
५३ वर्षीय वीरेन्द्र श्रेष्ठ, ५४ वर्षीय सुरेन्द्र श्रेष्ठ र ४६ वर्षीय वीरेन्द्र श्रेष्ठ पक्राउ परेका हुन्।
उक्त घरमा गाँजा लुकाएर राखेको भन्ने शंका प्रहरीलाई थियो। उक्त सूचनापछि प्रहरी प्रभाग लुभुका इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोषकुमार बुढाथोकीसहितको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी वृत्त सातदोबाटोबाट प्रहरी निरीक्षक र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थलमा पुगेको डिएसपी उमेश जोशीले जानकारी दिए।
डिएसपी जोशीका अनुसार उक्त घरबाट अन्दाजी १६ किलो गाँजा बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त सातदोबाटो पठाएको छ।