काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा 'सार्वभौम वन' नामक कला प्रदर्शनी सुरू भएको छ।
सार्वभौम वन भारतीय फिल्म निर्माता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो। फोटो सर्कलको आयोजनामा भएको यो कला प्रदर्शनी आगामी चैत १८ सम्म नियमित चल्नेछ।
सन् १९९० बाट भारतको उडिसा राज्यमा रैथाने जनजाति तथा किसानलाई विस्थापित गर्दै पर्वत शृंखला, वन जंगल तथा कृषियोग्य जमिनलाई खनिज पदार्थ उत्खनन समूह र व्यापारिक संस्थाले व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न थाले। यसपश्चात राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेज नै 'सार्वभौम वन' नामक कला प्रदर्शनी हो।
फोटो, डकुमेन्ट्री, लिखित दस्तावेज, विभिन्न प्रजातिका रैथाने बिउ विजन, चित्र लगायतका विभिन्न दस्ताबेजहरूलाई प्रस्तुत गरिएको प्रदर्शनीमा अमरले सुधीर पटनाइक र शेरना दस्तुरसँग सहकार्यमा प्रस्तुत गरेका हुन्।
तस्बिरहरू: