शान्तिबाटिका पार्कबाट हटाउन खोजेको भन्दै त्यहाँ धर्ना दिइरहेका मिटरब्याज पीडित र अन्य विभिन्न घटनामा पीडितहरूले प्रदर्शन गरेका छन्।
गत चैतदेखि शान्तिबाटिकामा बसेर आन्दोलनका कार्यक्रम गर्दै आइरहेको मिटरब्याज पीडितहरूले आफूलाई हटाउन खोजिएको भन्दै शुक्रबार बिहान आन्दोलन गरेका हुन्।
माइतीघरमा एक महिनाका लागि निषेधाज्ञा जारी भएपछि त्यहाँ धर्ना दिइरहेकाहरू पनि शान्तिबाटिकामा बसेका थिए। बिहीबार राति प्रहरी गएर शुक्रबार बिहानसम्म शान्तिबाटिका खाली गर्न भनेको धर्नामा रहेकी आरती साहका भाई प्रेम साहले बताए।
जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी भुपेन्द्र खत्री उनीहरूको माग पुरा भइसकेकाले त्यहाँबाट हटिदिन अनुरोध गरेको बताए। 'आरती साहको सर्वोच्च फैसला गरिसकेको छ, त्यसैले उहाँहरूलाई जान भनिएको हो,' उनले भने।
मिटरब्याज पीडितबारे पनि पनि जाँचबुझ आयोगले काम गरिरहेकाले उनीहरूलाई जान भनिएको उनले बताए।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले शान्तिबाटिका खाली गर्न निर्देशन दिएकोबारे आफूलाई जानकारी नभएको बताए।
' तर सार्वजनिक ठाउँ ओगटेर बस्न पाइँदैन,' उनले भने।
तस्बिरहरूः