ब्रिटिश गोर्खामा महिलाहरूको भूमिकासम्बन्धी फोटो तथा भिडिओ काठमाडौंमा प्रदर्शनी गरिएको छ।
बबरमहलस्थित नेपाल कला परिषदमा गोर्खा वेमेन फोटो तथा आर्ट प्रदर्शनी गत बुधबारदेखि प्रदर्शनमा राखिएको हो।
श्रीस क्रिएटिभ आर्टस् इनिसिएटिभको आयोजना र द ब्रिटिस कलेज, भर्सेली गोर्खा समाज, यती एयरलाइन्स तथा गोर्खा वेलफेयर ट्रस्ट (नेपाल) बीचको सहकार्यमा प्रदर्शनी भएको हो।
गोर्खा सैनिक इतिहासमा महिलाको भूमिकालाई केन्द्रित गरेर सुजना श्रीसले फोटो तथा चित्र समेटेर प्रदर्शनमा राखेकी छन्।
प्रर्दशनीमा गोर्खा महिलाहरूको कलाकृति र उनीहरूका अनुभवहरूका कथाहरूलाई कलामार्फत् प्रस्तुत गरिएको छ।
प्रदर्शनीमा अनुसन्धान, फिल्डवर्क, अन्तर्वार्ता र सिर्जनात्मक कलाकृति समावेश भएको छ। गोर्खा सैनिकका भूमिकाबारे चर्चा हुने गरे पनि महिलाहरूको भूमिका ओझेलमा पर्दै आएको छ।
प्रदर्शनीले महिलाहरूको जीवन कसरी युद्धसँग गाँसिएको थियो भन्ने देखाउने बताइएको छ। यही मंसिर १३ गतेसम्म प्रदर्शनी चल्नेछ।
प्रदर्शनीका लागि ५२ वटा तस्बिर, १८ वटा चित्रकला र केही भिडिओहरू राखिएका छन्।
तस्बिरहरू: