काठमाडौंको गुहेश्वरी गौरीघाटमा छठ पूजाको तयारी सुरू भएको छ।
आइतबार पर्ने छठका लागि शुक्रबारदेखि नै तयारी सुरू गरिएको छ। गौरीघाटमा पूजाका ५५० वटा स्थलहरू राखिएको श्री छठ पूजा समितिले जनाएको छ।
करिब २० लाख बजेट खर्चेर मूर्ति, टेन्ट, स्थल, बत्ती, प्रसाद लगायत सामग्री किनिएको छ। पूजा समितिले उक्त क्षेत्र रात्रिकालीन समयमा झकिझकाउ र आकर्षण देखिने किसिमले रंगीचंगी बत्ती जडान गरेर तयारी थालेको छ।
छठ पूजा गर्न लक्ष्मी पूजादेखि नै बुकिङ गर्ने काम सुरू भएको छ। जसका लागि आफूहरूले सहयोगस्वरूप १५०० रुपैयाँ लिइरहेको समितिले जानकारी दिएको छ।
कतिपयलाई भने नि:शुल्क पनि सेवा दिइएको समिति अध्यक्ष अनिलकुमार सिंह राजपुतले बताए।
गत वर्ष छठ पूजा गर्न ७ लाख मानिसहरू पुगेका थिए। यसवर्ष १० लाख मानिसहरू पूजा गर्न आउने अनुमान गरिएको उनले बताए।
‘गत वर्ष ७ लाख आएका थिए। यसपालि १० लाख मानिसहरू पूजा गर्न आउने अनुमान छ। अहिले सबैजसो जातजातिका मानिसहरूले छठ मनाउन थालेका छन्। पहिले मधेशी समुदायले मात्रै मनाउँथे,’ उनले भने।
तस्बिरहरू:
-1700218546.jpg?timestamp=1700218660094)
-1700218546.jpg?timestamp=1700218660094)
-1700218545.jpg?timestamp=1700218660094)
-1700218545.jpg?timestamp=1700218660094)
-1700218544.jpg?timestamp=1700218660094)
-1700218544.jpg?timestamp=1700218660094)
-1700218543.jpg?timestamp=1700218660094)
-1700218543.jpg?timestamp=1700218660094)
-1700218541.jpg?timestamp=1700218660094)
-1700218541.jpg?timestamp=1700218660094)
-1700218540.jpg?timestamp=1700218660094)
-1700218540.jpg?timestamp=1700218660094)
-1700218539.jpg?timestamp=1700218660094)
-1700218538.jpg?timestamp=1700218660094)
-1700218538.jpg?timestamp=1700218660094)
-1700218537.jpg?timestamp=1700218660094)
-1700218536.jpg?timestamp=1700218669751)
-1700218535.jpg?timestamp=1700218669751)
-1700218535.jpg?timestamp=1700218669751)