एनेस्थेसिया एक किसिमको उपचार हो। अपरेसन गर्नु पर्ने बिरामी या कुनै अनुसन्धान गर्नुपर्ने बिरामालई दुखाइ नहोस् भनेर गरिने उपचारको एउटा पद्धति हो। यसको मुख्य काम बिरामीको दुखाइ कम गर्ने र सर्जनलाई सजिलो बनाउनु हो।
सर्जरी गर्दा बिरामी नचलोस् भनेर बेहोस पारिन्छ। अपरेसन गर्नु भनेको चिरा लगाउनु हो। त्यसलाई दुखाइ हुन नदिन बेहोस पार्नैपर्छ।
एनेस्थेसिया धेरै किसिमका हुन्छन्। कतिपय कडा खालका एनेस्थेसिया हुन्छ। अर्थात् शरीरको पूरै अंगमा एनेस्थेसियाको प्रयोग गरिन्छ। त्यस्तै कतिपय एनेस्थेसिया आवश्यकताको आधारमा गरिन्छ। जस्तो, हातको छ भने हातलाई मात्रै बेहोस पार्न सकिन्छ। खुट्टाको छ भने कम्मरभन्दा तल एनेस्थेसिया गरिन्छ। कुनै अपरेसन साढे दुई\तीन घण्टाको छ भने त्यही अनुसार एनेस्थेसिया गरिन्छ। कुनै बिरामीको १२ घण्टा २४ घण्टा अपरेसनको समय लाग्न सक्छ। अहिलेसम्म १६ घण्टासम्म बिरामीलाई बेहोस पारिएको छ। बेहोस पारुञ्जेल बिरामीलाई एनेस्थेसियोलोजिस्टको निगरानी जरूरी छ। किनकि १२ घण्टाको लागि बेहोस पारिएको छ भने एकैपटक औषधि दिइने भन्ने हुँदैन। बीचबीचमा औषधी दिइरहन पर्छ भने बिरामीलाई दुखाइ पनि हुनु हुँदैन।
अपरेसन गर्नुभन्दा पहिला बिरामीलाई एनेस्थेसियोलोजिस्टले हेर्न अनिवार्य छ। अपरेसन गर्नका लागि उपयुक्त छ कि छैन भनेर एनेस्थेसियोलोजिस्टले हेर्नैपर्छ। अपरेसनभन्दा अघि हरेक अंगहरू सामान्य अवस्थामा रहनै पर्छ। एनेस्थेटिक भनेको अतिरिक्त औषधी दिएर बेहोस पार्ने त हो नि। त्यसैले यो औषधीले बिरामीलाई थप असर पार्न सक्ला भनेर बिरामीको आफन्तलाई पहिला नै काउन्सिलिङ गर्नुपर्छ। त्यसैले उनीहरूको हस्ताक्षर गराएर मात्रै अपरेसन प्रक्रिया अघि बढ्छ।
कुनै पनि बिरामीको अपरेसन गर्न हुन्छ या हुँदैन भन्ने कुरा एनेस्थेसियोलोजिस्टले स्वीकृत दिनैपर्छ। कहिलेकाहीँ बिरामी बचाउनकै लागि अपरेसन गर्नुपर्छ। त्यस्तो अवस्थामा केही जोखिम लिएर अपरेसन गरिन्छ। सर्जरी गर्नुभन्दा पहिला बिरामीलाई बेहोस पार्नु धेरै चुनौतीपूर्ण काम हो। यसमा हेलचक्र्याइँ भन्ने हुँदैन। किनकि अलिकति मात्रै तलमाथि भयो भने बिरामीको जीवनको सवाल हुन्छ। एउटा बिरामीलाई बेहोस पारेर अपरेसन गर्न अनि पहिलाकै ठाउँमा राख्ने भनेको धेरै चुनौतिपूर्ण हो।
अपरेसन थिएटरमा लगेपछि उसलाई काउन्सिलिङ गर्ने अनि खुसी बनाउने भनेको एनेस्थेसियोलोजिस्टले हो। नेपालको सन्दर्भमा एनेस्थेसिया पनि मेडिकल साइन्सको एउटा अंग हो भन्ने स्थापित भएको छ।
पहिला त सर्जनले सबै कुरा गर्ने भनेर बुझ्ने गरिन्थ्यो। कतिपय बिरामीले म एनेस्थेसियाको डाक्टरभन्दा नबुझ्ने अवस्था छ। बिरामीलाई म बेहोसी डाक्टर हो भनेर चिनाउनुपर्ने हुन्छ। त्यस्तो पनि हुन्छ र भनेर बिरामीले भनेका हुन्छन्। अपरेसन गर्दा तपाईंलाई दुख्छ त्यसलाई नदुख्ने बनाउने डाक्टर हो भनेर भनेपछि मात्रै बिरामीले बज्छन्। हिजोआज क्रमश: हाम्रो महत्व बुझ्न थालिएको छ।
(एनेस्थेसियोलोजिस्ट डा.दिपक तिवारी एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर, सेन्ट्रल हस्पिटल र मनकामना अस्पताल भरतपुरमा कार्यरत छन्।)