यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने द्वारपालको रूपमा रहेको कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास रहिआएको छ।
वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमासमेत स्थापित भएको छ।
यसै अवसरमा, ललितपुरको चोभारस्थिति स्नेहाज् केयरले पनि कुकुर तिहार मनाएको छ।
सन् २०१४ मा स्थापना भएको स्नेहाज् केयरमा विशेष गरेर सडकमा छाडिएका कुकुरलाई उपचारका साथमा संरक्षण दिन्छ।
केयरले सडक कुकुरहरूलाई फूलमालासहित मीठो खान दिएर यो पर्व मनाएको हो।
स्नेहाज् केयरको संरक्षणमा रहेका कुकुरहरूको पूजाअर्चनाका अवसरमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत त्यहाँ पुगेका थिए।
तस्बिरहरूः