फूल, रङ र बत्तीहरूको झिलिमिली चाड मानिने तिहार नजिँकिदै गर्दा बजारमा चहलपहल ह्वात्तै बढ्न थालेको छ।
काठमाडौंको असन इन्द्रचोक,न्युरोड लगायतका क्षेत्रमा किनमेल गर्ने मानिसहरूको भीडभाड अत्यधिक बढेको छ।
तिहारलाई लक्षित गरेर बजारमा विभिन्न किसिमका बत्तीहरू सजाइन थालेको छ भने व्यापारीहरूले तिहारको भाइ मसलालगायत सामग्री तथा टीका फूलमालाहरूको पनि बिक्री सुरू गरेका छन्।
तिहारको रमझमसँगै बजारमा देखिएको चहलपहलकाे केही झलक: