बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको भन्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय तथा इन्टर्न चिकित्सकहरू आन्दोलित भएका छन्।
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र कुटपिटका घटना नरोकिएको भन्दै उनीहरूले पाटन अस्पताल परिसरमा उभिएर विरोध जनाएका हुन्।
केही दिनअघि पाटन अस्पतालमा दुई जना बिरामीको सुइको माध्यमबाट औषधि दिनेबित्तिकै दुईजना बिरामीको मृत्यु भएको थियो।
९० वर्ष र ६८ वर्षका ती बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेको बताइएको छ।
त्यसैको विरोधमा आवासीय तथा इन्टर्न चिकित्स आन्दोलनमा उत्रिएका हुन्।