भूकम्पका कारण रूकुम पश्चिममा ज्यान गुमाएका ३८ जनाको पहिचान भइसकेको छ।
शुक्रबार राति ११:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले ठूलो मानवीय क्षति पुर्याएको छ।
नेपाल प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ। रूकुम पश्चिममा भने ५२ जनाको मृत्यु भएको हो।
तीन वटै सुरक्षा निकायहरू परिचालन गरी जाजरकोट र रूकुम पश्चिममा उद्धार तथा खोजीको काम भइरहेको छ।
रूकुम पश्चिममा ज्यान गुमाउनेहरूमा अधिकांश बालबालिकाहरू रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रदान गरेको विवरणमा देखिन्छ।
अहिलेसम्म प्राप्त विवरणअनुसार पहिचान भएका ३८ जनामध्ये २४ जना बालबालिकाहरू छन्।
सानीभेरा गाउँपालिका-२ परियार टोल बस्ने महाविर दमाइकी १२ वर्षीया छोरी मनिषा परियार, वडा नम्बर १ का ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन, १० महिने बालक रेजन वली, गुठीचौरका ४ वर्षीय सरस्वती विक, वडा नम्बर ४ बस्ने ८ वर्षीय निर्जल चन्द र ६ वर्षीय कृष्ण परियारको शव फेला परेको हो।
आठविसकोट नगरपालिका-१२ सानिबार्को बस्ने १४ वर्षीय रमेश पुन, १३ वर्षीय डिलबहादुर केसी, वडा १४का ३ वर्षीय बासु बुढा, ५ वर्षीया भावना जैसी, २ वर्षीय दिपेन जैसी, १२ वर्षीया सरिता विक, वडा १४का १३ वर्षीय मदन गौतम, वडा ११ गैरीका १३ वर्षीया सृजना कामी, ९ वर्षीया रिया कामी, ६ वर्षीया दिया कामी, ४ वर्षकी आशा कामी, १८ महिनेकी एलिसा कामी, १३ वर्षीय विराज मल्ल र १५ वर्षीया प्रेमा मल्लको मृत्यु भएको छ।
त्यस्तै सोही ठाउँकी १० वर्षीया चन्द्रकला मल्ल, ४ वर्षीय एकनाथ मल्ल र ८/९ महिनेका आयुष शाहीको पनि भूकम्पमा परी ज्यान गएको छ।
बाँकी मृतक युवा र वृद्ध अवस्थाका छन्।
सानीभेरी-१ चाइनाबगर बस्ने ३१ वर्षीय धनबिर पुन, २८ वर्षीया चुम्निमा पुन र वडा ४ की २५ वर्षीया सकुन्तला दमाईको मृत्यु भएको छ।
त्यस्तै आठबिसकोट नगरपालिका-१४ की ३० वर्षीया अमृता जैसी, ८३ वर्षीया करे नेपाली, वडा नम्बर ११ की ३५ वर्षीया शिला कामी, डेरामा बस्ने ३० वर्षीय किस्मत पुन मगर, डेरामा बस्ने ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विकको पनि मृत्यु भएको हो।
किस्मत, खड्क र अनिल कामको शिलशिलामा रूकुम पश्चिममा डेरामा बस्दै आएका थिए।
यस्तै ५६ वर्षीया तुली मल्ल, ५५ वर्षीय कुमारो महत्तरा, ७० वर्षीया पूर्वकुमारी शाही, २६ वर्षीया भूमिका शाही र ४७ वर्षीया अमृता मल्लको पनि भूकम्पमा परी ज्यान गएको छ।
उद्धारको लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा खटिएका छन्। अहिले उद्धारका लागि १२ सय भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।
नेपाल प्रहरीले उद्धारका लागि सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ।
जाजरकोटका लागि ९८५८०७७३३३, ९८५८०५७१९०, ९८६८९३६६८, ९८४८१२२५८४ र ९८५८०५४०५० नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।
यस्तै रूकुम पश्चिमका लागि ९८५७८३७७७७, ९८६१०८७१३२, ९८५७८३५५५५, ९८५१२५८२१७, ९८५७८७२७७७, ९८४७९३६११३ र ९८५७८९०५५०