सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प पीडितलाई राहत दिन एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
शनिबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
धनगढीमा शनिबार विहान आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले राहत रकम सरकारी सहयता दिने बनेको निकायलाई उपलब्ध गराइने बताए।
जनधनको क्षतिको बारेमा आकस्मिक बैठक बसी तत्काल एक करोड रकम कर्णाली प्रदेश सरकारमार्फत दिइने निर्णय भएको हो।
उनले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली सुदूरपश्चिमबाट पठाउने निर्णय पनि भएको बताए।
स्वास्थ सामाग्रीसहित स्वास्थ्यकर्मीको टोली शनिबार नै प्रभावित ठाउँका लागि जाने छ।
शुक्रबार राति ११:४७ बजे जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो।
भूकम्पमा परी अहिलेसम्म १३३ जनाको मृत्यु भएको छ।