एनआरएनएको नयाँ नेतृत्व चयनका लागि आज मतदान जारी छ।
काठमाडौंको होटल सोल्टीमा जारी अधिवेशनमा गएरातिदेखि नै अनलाइनबाट भोटिङ जारी छ।
नेपालभित्र रहेका प्रतिनिधिहरूलाई मतदानका लागि बिहान १० बजेदेखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको छ।
नेपाल बाहिरबाट भने गएराति १२ बजेदेखि आज राति ११:५९ बजेसम्म मतदान गर्न पाउनेछन्।
एनआरएनएको अध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा छन्। बद्री केसी (रसिया), महेश कुमार श्रेष्ठ (जापान) र राजेन्द्र कुमार शर्मा (कतार) अध्यक्षका उम्मेदवार हुन्।
यसअघि उम्मेदवारी घोषणा गरेका रबिना थापाले महेश कुमार श्रेष्ठलाई समर्थन गरेकी छन्।
एनआरएनएको ६ उपाध्यक्षका लागि १५ जनाको उम्मेदवारी दिएका छन्। निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।
महाधिवेशनले ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ।
तस्बिरहरूः