दसैंका लागि साढे ३ लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन्।
आइतबार घटस्थापनादेखि बिहीबार बिहानसम्म साढे ३ लाख मानिसले काठमाडौं छाडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र भट्टले जानकारी दिए।
काठमाडौं उपत्यकाका चार वटा नाकाबाट मानिसहरू बाहिरिएका छन्। नागढुंगा, जगाती, फर्पिङ र मुर्खु हुँदै मानिसहरू दसैं मनाउन घर फर्किएका हुन्।
साढे ३ लाख बाहिरिए पनि नाकाहरूमा जाम भने त्यति छैन। पछिल्ला वर्षहरूमा दसैं लागेपछि विशेषगरी नागढुंगा नाकामा जाम हुने गर्थ्यो। ठूलो मालबाहक सवारी साधन, गाडी बिग्रिने समस्याले गर्दा जाम हुने गर्थ्यो। तर यसपालि धेरै ठूलो जाम नदेखिएको कार्यालयले जनाएको छ। यद्यपि शुक्रबार र शनिबारदेखि भने मानिसहरू बाहिरिनेको संख्या पनि बढी हुने अनुमान गरिएको एसएसपी भट्टले बताए।
‘भोलि र पर्सिदेखि बाहिरिनेको संख्या बढ्ला। धेरैको कार्यालयहरू भोलिदेखि बिदा हुने भएकाले पनि बाहिरिनेको संख्या बढ्छ,’ एसएसपी भट्टले भने, ‘सवारीको चाप पनि त्यसअनुसार बढ्छ।’
सवारी जामको व्यवस्थापन गर्न यातायात व्यवस्था विभागमा केही समयअघि बसेको समन्वय बैठकले ठूला १२ चक्के मालबाहक सवारी साधनलाई चितवनबाटै रोक्ने निर्णय भएको थियो। त्यहाँ रोकेसँगै काठमाडौंबाट बाहिरिन पनि सहज हुने गरेको हो। अत्यावश्यक सामग्रीबाहेक अन्य सामग्री बोकेका ठूला गाडीलाई रोकिएको छ।
यस्तै, सवारी साधन बिग्रिएमा त्यसलाई हटाउन पनि ट्राफिक प्रहरीको गाडी पनि राखिएको छ।
तस्बिरहरू:
-1697696231.jpg?timestamp=1697696233412)
-1697696244.jpg?timestamp=1697696305049)
-1697696244.jpg?timestamp=1697696305049)
-1697696246.jpg?timestamp=1697696258773)
-1697696247.jpg?timestamp=1697696258773)
-1697696248.jpg?timestamp=1697696258773)
-1697696245.jpg?timestamp=1697696258773)
-1697696231.jpg?timestamp=1697696305049)
-1697696245.jpg?timestamp=1697696305049)
-1697696251.jpg?timestamp=1697696258773)
-1697696253.jpg?timestamp=1697696258773)
-1697696252.jpg?timestamp=1697696258773)
-1697696252.jpg?timestamp=1697696258773)
-1697696251.jpg?timestamp=1697696258773)
-1697696248.jpg?timestamp=1697696258773)
-1697696249.jpg?timestamp=1697696258773)
-1697696250.jpg?timestamp=1697696258773)