दसैं लागेसँगै बजारमा चंगाको किनबेच बढेको छ।
काठमाडौं उपत्यकामा एक सय ५० रुपैयाँदेखि चार हजार रुपैयाँ हाराहारी मूल्यका थरीथरीका चंगा पाइन्छ।
नेपाली बजारमा भारतबाट आयातीत रंगीविरंगी चंगासँगै नेपाली कागजबाट बनाइने चंगा पनि पाइन्छ।
सहकालका देउता इन्द्रलाई वर्षा पुग्यो भन्ने सन्देश पठाउन चंगा उडाउनुपर्छ भन्ने भनाइ पनि छ।
खेतीपाती नसकिँदै कसैले चंगा उडाएको देखे किसानहरू झपार्थे भन्ने गरिन्छ।
पछिल्लो समय बालबालिका चंगामा झुम्मिनुभन्दा पनि मोबाइल र ल्यापटपमा लहसिएका छन्।
तस्बिरहरूः