काठमाडौंमा रहेकाहरू दसैं मनाउन गाउँ फर्किने क्रम सुरू भएको छ।
दसैं सुरू भएलगत्तै काठमाडौंको नयाँ बसपार्कसहित उपत्यका बाहिर जानका लागि गाडी छुट्ने विभिन्न स्थानहरूमा मानिसहरूको भीड लाग्न सुरू भएको छ।
उपत्यकामा धेरै विद्यालयहरूमा शुक्रबारदेखि नै दसैं बिदा दिइएको छ।
काठमाडौंलाई कर्मभूमि बनाएकाहरू दसैं सुरू हुने केही दिन अगाडि नै आफ्नो घर फर्किनेक्रम सुरू हुन्छ।
काठमाडौंबाट टाढाटाढा जानेहरूका लागि यातायात व्यवसायीहरूले अग्रीम टिकट बुकिङको व्यवस्थासमेत गरिएको छ।
अबको एक-दुई दिनमा बसपार्क र टिकट काउन्टरहरूमा मानिसहरूको थेगिनसक्नुको भीड लाग्छ।
तस्बिरहरूः