ललितपुरको कुपण्डोलका कालीगढहरू मूर्ति बनाउन व्यस्त छन्। दसैंको पूजाका लागि निकालिने भगवानका मूर्तिहरू बनाउन उनीहरू व्यस्त छन्।
घटस्थापनाको दिनदेखि नै विभिन्न देवीदेवताको पूजा गर्ने गरिन्छ। व्यावसायिक रूपमा माटाबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ।
दुर्गा, बाघ, भैंसी, राक्षस, गणेश, लक्ष्मी, कात्तिकेलगायतका मूर्ति बनाउनका लागि एक महिना अगाडि बुक गर्ने गरिएको एक कालिगढले बताए।
तस्बिरहरू: