सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकार तथा शान्ति समाजका १६ जना पक्राउ परेका छन्।
शान्ति सम्झौताको मर्म अनुसार पीडितलाई न्याय र पीडकलाई सजाय हुनुपर्ने, ‘जनयुद्ध दिवस’का नाममा दिइएको विदा खारेज हुनुपर्ने लगायतका माग राख्दै शान्ति समाजले प्रदर्शन गरेको हो।
उनीहरूले रिगललाई आम माफी दिने सरकारको निर्णयको समेत विरोध गर्दै आइरहेका छन्।
नाराबाजी गर्दै निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।
तस्बिरहरूः