व्यक्ति हत्यामा दोषी ठहर भई सजाय काटिरहेका बाँकेका ‘रिगल’ भनिने योगराज ढकालको आममाफीको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।
रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धर, अभियान्ता ईः र सुमन सायमी लगायतको उपस्थितिमा माइतीघरमा प्रदर्शन भएको हो। आन्दोलनमा एमालेनिकट युवासंघका कार्यकर्ताको पनि उपस्थिति थियो।
उनीहरू माइतीघरबाट बानेश्वरतर्फ जिल्ला अदालत अगाडिसम्म पुगेर माइतीघर फर्किएका थिए।
उनीहरूले ‘क्रुर हत्याको आममाफी फिर्ता गर्’, ‘अपराधीलाई सम्मान गर्न बन्द गर’, क्रुर हत्याको आममाफी फिर्ता गर’ उल्लिखित प्लाकार्ड प्रदर्शन गरेका थिए।
बाँकेका चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका रिगललाई सरकारको सिफारिसमा संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए।
सरकारको यो निर्णयप्रति त्यसयता लगातार प्रदर्शन भइरहेको छ।
तस्बिरहरूः