प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा आफ्नो संस्कृति र परम्परा संरक्षणको लागि औपचारिक रूपमा काठमाडौंस्थित बौद्धमा मनाइएको छ।
विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा मनाइने ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको जात्रा विधि मात्र पूरा गरेर सम्पन्न गरिएको हो।
विशेष गरी नेवार समुदायले मनाउन सुरू गरेको रोपाइँ जात्रा अहिले देशैभरका विभिन्न स्थामा मनाउने गरिन्छ।
धान रोप्ने काम सकिएको खुसीयालीमा जात्रा मनाइने गरिन्छ। वर्षभरी बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँ जात्रा मनाइएको हो।
तस्बिरहरू: