आज देशभर गाईजात्रा मनाइएको छ।
काठमाडौंको ऐतिहासिक मानिने गाईजात्रा देशका अन्यत्र भूभागमा पनि भव्यताका साथ मनाइन्छ।
जिल्लाभित्र र जिल्लाबाहिर मनाइने तरिका भने फरक पाइन्छ।
यसपालि काठमाडौंमा गोरखाको गाईजात्रा देखाइएको छ। गोरखाको ताकुकोट समाजले आज दिउँसो काठमाडौंमा गाईजात्रा देखाएको हो।
वनस्थलीबाट सुरू भएको गाईजात्रामा लाखे नाचसँगै घोडा नाच र टाकटुके प्रदर्शन गरिएको छ।
काठमाडौंको बसन्तपुरमा पनि गाईजात्रा देखाइएको थियो।
तस्बिरहरूः