बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन्।
सोमबार विहान अस्पताल सञ्चालक समितिको बैठकले उनलाई निर्देशकमा नियुक्त गरेको हो।
अस्पतालको कार्यकारी भूमिका रहने निर्देशक पद साढे ३ महिना देखि रिक्त थियो। निर्देशक नहुँदा अस्पतालको दैनिक कामकाज नै प्रभावित बनेको थियो।
सञ्चालक समितिका सदस्य डा.अनिलविक्रम कार्कीले
उपसिमितले सिफारिस गरेका नामबाट डा.पौडेललाई निर्देशकमा नियुक्त गरिएको बताए। आइतबारमात्रै बनेको उपसमितिले पौडेलको नाम एक नम्बरमा सिफारिस गरेको थियो।
डा. मदन उपाध्याय, डा. प्रदीप ज्ञवाली र डा. दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय उपसमितिले निर्देशकका लागि डा. कृष्णसागर शर्मा र डा. प्रदिप न्यौपानेको नाम पनि सिफारिस गरेको थियो।
डा.पौडेल क्यान्सर अस्पतालका रेडियसन अंकोलोजिष्ट हुन्। उनी नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष पनि हुन्।