संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ।
सिंहदरबार स्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो। श्रेष्ठको नाम प्रधान न्यायाधीश पदका लागि अनुमोदन भएको समितिको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए।
त्यसअघि सुनुवाइका लागि पुगेका श्रेष्ठलाई सांसदहरुले विभिन्न प्रश्न राखेका थिए।
सांसदहरुले श्रेष्ठलाई सर्वोच्च अदालतबाट प्रधानन्यायाधीशमा सिफारिस भएकाहरुले एउटै कार्ययोजना प्रस्तुत गर्ने गरेको विषयमा प्रश्न राखेका थिए। यहि सनुवाइ समितिले यसअघि हरिकृष्ण कार्कीको पनि सुनुवाइ गरेको थियो। कार्की कार्यकाल समाप्त भएर अवकाश भइसकेका छन्।
त्यस्तै सांसदहरुले सर्वोच्च अदालतमा भएको मुद्दाको चाङ कसरी घटाउनुहुन्छ भन्ने प्रश्न सोधेका थिए।
सुनुवाइका क्रममा श्रेष्ठले आफूले अदालतमा विचौलिया नियन्त्रणका लागि काम गर्ने बताएका थिए। त्यस्तै श्रेष्ठले न्यायपालिका सुधारको काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
सुनुवाइ समितिमा श्रेष्ठ विरुद्ध ३ वटा उजुरी परेका थिए। तर एकमात्र उजुरिकर्ता समितिको सम्पर्कमा आएका थिए ।
सुनुवाइ समितिबाट अनुमोदित श्रेष्ठलाई अब राष्ट्रपतिबाट सपथ लिनेछन्।