नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मासहित ६ जनालाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ।
यस प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्।
‘एक जनालाई रौतहटबाट ल्याइँदैछ र आज पक्राउ परेकालाई आइतबार म्याद थपका लागि लैजान्छौं’, सिआइबी स्रोतले भन्यो।
अहिलेसम्म पक्राउ पर्नेमा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित कांग्रेस सांसद सुनिल शर्मा, डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार, डा. मनित चौधरी र डा. पुनम थापा चौधरी छन्।
सिआइबीले फक्सट्रट चार्ली अपरेशन देशभरि चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गरिरहेको हो।
तस्बिरहरू: