काठमाडौंको बागमती नदी आसपासका क्षेत्र जलमग्न भएका छन्।
सोमबार रातिदेखि परेको वर्षाका कारण काठमाडौंको बागमतीमा पानीको सतह बढेको छ।
पानीको सतह बढेसँगै मंगलबार बिहान करिडोर क्षेत्रमा रहेका बस्तीहरूमा भल पसेको थियो। कतिपय घरसमेत डुबानमा परेका छन्।
थापाथली, त्रिपुरेश्वर, सानेपालगायत नदी किनाराका घरमा बागमतीका भेल पसेको छ।
बागमती करिडोर क्षेत्रमा हिँडडुल गर्दा कतिपय मानिस पानीमा समेत फसेका थिए। उनीहरूलाई प्रहरीले उद्धार गरेको थियो।
काठमाडौं उपत्यकामा मात्रै प्रहरीले १७ जनाको उद्धार गरेको छ।
तस्बिरहरू: