साइकल, ठेलागाडा लगायत साना व्यापारीहरूको सम्मानजनक व्यवस्थापन गर्न माग गर्दै काठमाडौं महानगरपालिकाको मेयर कार्यालय राष्ट्रिय सभा गृहअघि प्रदर्शन भएको छ। वास्तविक पीडितहरूकै उपस्थितिमा शनिबार शान्तिपूर्ण प्रदर्शनी भएको हो।
उनीहरूले 'गरी खान देऊ! महानगर प्रहरी दमन बन्द गर!, गरिब होइन, गरिबी हटाऊ, बालेन बन्ठे हुँदै गयो लगायत नारा लेखिएका कागज समातेर विरोध गरेका थिए। साना व्यापारीहरूलाई व्यापारका लागि महानगरले उचित व्यवस्थापन मिलाउनुपर्ने र दुःख दिन नहुने उनीहरूको माग छ।
उनीहरूले 'गरिबको चमेली बोल्दिने कोही छैन' बोलको गीत गाएर, नाच्दै प्रदर्शन गरे। यो गीत काठमाडौंका मेयर बालेन शाहले रिमेक गरेका थिए।