ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै काठमाडौं महानगरपालिका भवनअघि प्रदर्शन भएको छ।
स्वतन्त्र युवाहरूले बुधबार बिहान गरिबको चमेली गीत गाउँदै प्रदर्शन गरेका हुन्।
उनीहरूले महानगरको प्रहरीले ठेलागाडालगायत साना व्यापारीलाई दु:ख दिने गरेकोमा विरोधसमेत गरेका छन्।
साना व्यापारीहरूलाई व्यापारका लागि महानगरले उचित व्यवस्थापन मिलाउनुपर्ने उनीहरूको माग छ।
'गरिबको चमेली बोल्दिने कोही छैन' बोलको गीत मेयर बालेन शाहले रिमेक गरेका थिए।
तस्बिरहरू: