भारतले मंगलबार (आज) धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार सूचना प्रकाशित गरेर मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्ने जानकारी गराएको थियो।
‘मिति २०८०।०३ ।२६ गते विहान ५ः०० बजेदेखि २०८०।०३। २६ गते बेलुकी ८ः०० बजेसम्म सिल्ट सफाईको कार्य हुने र उक्त प्रयोजनका लागि बाँध ढोका खोलिने भनि एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ, भारत पक्षबाट पत्राचार भएको हुँदा मिति २०८०। ०३। २६ गते विहान ५ः०० बजेदेखि २०८० । ०३ । २६ गते बेलुकी ८ः०० बजेसम्म र तत्पश्चात्समेत महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउनु हुन आदेशानुसार जानकारी गराइन्छ,’ जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् भनेको छ।
