गायक रोविन तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आइतबार बिहान उनको शव संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिएको छ।
बिहानैदेखि उनलाई श्रद्धाञ्जली अर्पण गर्न एकेडेमी परिसरमा कलाकार र फ्यानहरूको बाक्लो उपस्थिति छ। उनको शव ११ बजेसम्म राखिने छ।
त्यसपछि अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लैजाने कार्यक्रम छ।
रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत भेटिएका थिए।
तस्बिरहरूः