भारतको 'अखण्ड भारत' नक्सामा नेपालको भूमि समेटिएको विरोधमा काठमाडौं प्रदर्शन गरिएको छ।
लैनचौरस्थित भारतीय दूतावासअघि राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विरोध जनाएको हो।
उनीहरूले 'भारतीय विस्तारवाद मुर्दावाद', 'कालापानी लिपुलेक हाम्रो हो' लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
तस्बिरहरू: