काठमाडौं महानगरपालिकाले माइतीघरस्थित नक्सा पास नगरी बनाइएका संरचना भत्काएको छ।
महानगरपालिका-११ स्थित माइतीघर मण्डल नजिकै रहेका संरचनाको नक्सा पास नभएको संरचना भत्काइएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
उनका अनुसार वडा-१९ ले उक्त संरचना हटाइदिनु पर्यो भनी सहयोग मागेको थियो।
'त्यहाँ भएका संरचनाको नक्सा पास गरिएको रहेनछ,' उनले भने, 'घरबेटीले नै नक्सा पास नभएको हुँदा हटाउन खोजेको रहेछ। तर बहालमा बस्नेले नमानेपछि वडालाई पत्र काटेर हटाइदिन सहयोग मागेको रहेछ।'
वडाको आग्रहमा सोही अनुरूप काममात्र गरेको उनले बताए।
महानगरले नक्सा पास नगरी बनाइएका संरचना छन् भनी कानुनी प्रक्रियामा आउन केही समय अघि सूचना प्रकाशन गरी जानकारी गराएको थियो।
यदि कानुनी प्रक्रियामा नआए संरचना हटाउने महानगरले चेतावनी दिएको थियो।
तस्बिरहरूः