हाम्रो शरीरमा सात वटा ग्रन्थि हुन्छन्। ती ग्रन्थिहरूले हर्मोन भन्ने रस निकाल्छन्। जुन रसले हाम्रो शरीरको हरेक अंगमा गएर काम गर्छन्। हर्मोनको कम या बढी भयो भने कपाल, नङदेखि मुटुदेखि मिर्गौलालगायत सबै अंगमा असर गर्न सक्छ।
हर्मोन हाम्रो शरीर चल्नको लागि जरूरी तत्व हो। हर्मोनले हाम्रो शरीरलाई शक्ति दिन्छ। हर्मोन भएन भने शरीर कि त ढिलो चल्छ भने कि त चाँडो चल्छ। त्यसैले शरीरको सन्तुलनको लागि हर्मोन पनि सन्तुलित हुन जरूरी छ।
कुन हर्मोनको गडबडी छ, त्योअनुसार समस्या फेला पर्छ। हर्मोनले थाइराइडको समस्या निम्त्याउँछ भने महिलाहरूको महिनावारीमा गडबडी हुन सक्छ। त्यस्तै गर्भ रहन पनि समस्या हुन्छ। हरेक अंगहरूमा हर्मोनले समस्या पार्छ।
हर्मोनलाई सन्तुलनमा ल्याउनको लागि जीवन शैलीमा ध्यान दिन जरूरी छ। मोटोपना सबैभन्दा ठूलो कारण हो। यसले महिनावारीमा गडबडी, डाइबेटिज, प्रेसरलगायत समस्या निम्त्याउँछ। त्यसैले आफ्नो तौल सन्तुलनमा राख्नुपर्छ।
कोही मान्छे चाँडो रिसाउने, चाँडो भावुक हुनेलगायत कुरा पनि हर्मोनकै कारणले हुनसक्छ। हर्मोनको गडबडीले चिट्चिटाहट हुने, मानसिक सन्तुलन ठिक नहुनेसमेत हुन्छ। महिनावारी रोकिने बेलामा अथवा रोकिएपछि महिलामा धेरै समस्या आउँछ। यो पनि हर्मोनकै गडबडीले हो।
हर्मोनको समस्याबाट जोगिन अपानाउनु पर्ने सावधानी र उपायबारे हामीले नर्भिक अस्पतालमा कार्यरत थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. कामक्षा शाहसँग भिडिओ कुराकानी गरेका छौं।