काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा केही दिनदेखि वर्षा भइरहेको छ।
लगातार पानी परिरहेकोले सर्वसाधारणलाई हिँडडुल गर्न समेत गाह्रो भइरहेको छ।
मुलुकभरको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण माथिल्लो भेगमा बेमौसमी हिमपात भइरहेको छ।
त्यस्तै गण्डकी, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही भू-भागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
यो क्रम आज दिनभरि नै चल्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
पश्चिमी वायुले चिसो बोकेर ल्याएका कारण गर्मीयाममा पनि जाडोको अनुभव भइरहेको छ। त्यस्तै हिमाली भेगमा हिमपात भइरहेको छ।
नेपालमा सामान्यतयाः जुन १० को वरिपरिबाट मनसुन सुरू हुन्छ। अहिले भइरहेको वर्षा प्रि–मनसुन भएको पनि उनले जानकारी दिए।
शुक्रबारदेखि भने मौसममा सुधार आउने बताइएको छ।
तस्बिरहरू: